इनरुवाका सडकबाटो जिर्ण , यात्रुलाई सास्ती , दुर्घटानको पनि जोखिम
८ भाद्र २०७८, मंगलवार १७:२७
सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको मूख्य चौकहरुकै बाटो जिर्ण रहेको छ । पहुचको हिसावले निकै सुगम रहेको इनरुवा नगरपालिकाको १ र २ नम्बर वटाको मूख्य बाटो नै जिर्ण रहेकाले यात्रुलाई सास्तका साथै दुर्घटनाको जोखिम पनि उच्च रहेको गुनासो बाहिर आएको छ । सोमबार अस्पताल सुधार संघर्ष समितिको अन्तरकृया कार्यक्रममा सहभागी भएर फर्किएहरुले अस्पतालकोे गेट र पूर्व शान्ती चोकसम्मको बाटो वर्षौदेखी जिर्ण रहेकाले बजार नै कुरुप जस्तो देखिएको प्रतिकृया दिएका छन् । विकासको हिसावले २० किलोमिटर बढी कालोपत्रे सहित सुगम भएपनि यहाँका धेरै सडकहरुको अवस्था जिर्ण रहेको पाएको छ । इनरुवा देखी कप्ताञ्गंज कौवाखोचसम्मको बाटो खण्डको बबिया र जस्लापुरको बाटो, बविया देखी सत्तेरझोरा जानेबाटो निकै जिर्ण रहेको छ । यहाँ जनप्रतिनिधि आएको चार वर्ष बढी वितेको र केही महिनामा कार्यकाल नै सकिने अवस्था भएपनि सदरमुकाम इनरुवाका सडकबाटो निकै जिर्ण छ । यसको निर्माण र सुधारमा जोडदार माग उठ्दै आएको पनि सुनुवाई नभएको र केही ठाउँमा प्रयास भएपनि बनेको केही महिना र केही ठाउँमा बर्ष नलाग्दै पुरानै अवस्थामा पुगेको छ ।
इनरुवा १ को मूख्य बजार क्षेत्र शान्ती चौक टेम्पो स्टेनसम्म र अस्पतालदेखी टेम्पो स्टेन सिचाईसम्मको बाटो गाउँको भन्दा जिर्ण रहेको छ । हिलोका कारणले दुर्घटना जोखिम पनि उच्च रहेको स्थानीय सन्तोश यादवले बताए । यादवका अनुसार बजार क्षेत्रमा गुणस्तरहिन काम भएकाले सडकमा ठूला सवारी प्रवेश निषेध गरेको राम्रो पक्ष भएपनि बाटो निर्माण र मर्मतमा ध्यान नदिनु दुखद पक्ष हो । नगर प्रमुख राजन मेहताको घर जाने बाटो बालमन्दिर माविको बाटो समेत जिर्ण अवस्थामा पुगेको छ । बर्षायममा भएपछि सदरमुकामको बिभिन्न बाटोको खण्ड खण्डमा पानी जमेको छ । पानी जाम भइरहेकोले ठूलो दुर्घाटना हुने जोखिम बढेको सार्बसाधारणको गुनासो छ । शान्ती चोकमा रहेका खल्टा खुल्टीमा पानी जमेको हुँदा पानी दुषित समेत भईरहेको हुँदा डेगु रोगको खतरा समेत बढेको स्थानीयबासी संजय ठाकुरले बताए । गाउँलेले पटक पटक स्थानीय सरकारसँग भन्दा पनि ब्यवाता गरेको स्थानीयले बताए । यस्ले गर्दा दुर्घटनाको जोखिम समेत बढेको बताए । उता इनरुवा २ को मगर टोलका पश्चिम तर्फको दुई बाटोको अवस्था पनि उस्तै रहेको वडाबासीले गुनासो गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया