प्रतिनिधि सभा र राष्ट्रिय सभाका तीन वटा समितिको बैठक बस्दै
८ भाद्र २०७८, मंगलवार ११:०६
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका तीन वटा समितिको बैठक बस्दैछ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठक अहिलेकेबिहेरमा बस्दै छ । कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेजको शुल्कबारे बैठकमा छलफल हुने कार्यक्रम रहेको छ ।
त्यस्तै राष्ट्रिय सभा अन्तर्तको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आजै बस्दैछ । हुलाकी राजमार्गको स्थलगत अध्ययन अनुगमनमा देखिएका समस्याहरुका बारेमा भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र वन तथा वातावरण मन्त्रालयका सचिव लगायतसँग छलफल हुने कार्यक्रम रहेको छ । बैठक साढे ११ बजे समितिको हल सिंहदरबारमा बस्नेछ ।
त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । राजनीतिक दलको नेतृत्व र दिगो विकास लक्ष्यबारे प्रस्तुति र छलफल हुने कार्यसूची रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया