सुनसरी प्रहरी न्याय र जनमैत्री पक्षमा – Nagarikabhiyan : National News

सुनसरी प्रहरी न्याय र जनमैत्री पक्षमा

जिल्ला प्रहरी कार्यालय सुनसरीले नियमित रुपमा गर्दै आएको काममा थप प्रभावकारी गर्ने भएको छ । जिल्लामा अपराध अनुशसंधान सहित शान्ती सुव्यवस्थामा क्रियाशिल रहेकोमा काममा थप प्रभावकारीता ल्याउदै न्याय र जनमैत्री काम गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक संजय सिंह थापाले अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका, तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तलाई नियन्त्रण सहित सचेतनाका कार्यक्रम समेत गर्ने जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएकाहरुलाई अदालतमा बुझाउने देखी जरिवाना असुलउपरमा समेत योगदान गरेको थापाले बताए । केही वर्षदेखि अदालतबाट सजाय फैसला भएको मुद्दाका अभियुक्तहरूलाई एक महिनाको अवधिमा प्रहरीले दुई सय ३८ जनालाई पक्राउ गरेको प्रहरीले अव न्यायको महसुस गराउन नागरिकको घरदैलौमा जाने भएको छ । पीडितलाई न्यायको महसुस सहित गाउँटोलसम्म प्रहरी पुग्ने अभियान ल्याउन लागेको बताए । प्रहरीले जनताको सेवा र न्यायको पक्षमा काम गर्दै जनमैत्री सेवामा लागेको बताउदै एसपी सञ्जयसिंह थापाले पीडितको घरमा प्रहरी उजुरी देखी मुद्धा फैसलासम्म कम्तिमा पाँच पटक पुग्ने अभियान चलाउने जनाए । आपराधिक घटनामा संलग्न भई समाजमा निष्फिक्री हिँड्ने प्रवृत्तिविरुद्ध यो अभियान चलाइएको एसपी थापाले बताए । ‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन वा कानुनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ एसपी थापाले भने, ‘हामी पुराना फाइलहरू हेर्दै छौँ । दोषी ठहर भएका, तर सजाय नभोगेका अभियुक्तहरूलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउँछौँ ।’ पक्राउ परेका फरार प्रतिवादीहरू कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार आदिमा सजाय तोकिएकाहरू छन् । एसपी थापाले यस्ता अपराधीहरू आफ्नो गाउँटोलमा लुकिछिपी बसेको थाहा पाए प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेका छन् ।
प्रहरीले गर्ने कार्यहरुलाई बस्तुगत एवं प्रविधियुक्त बनाउनुका साथै राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्दा लगायतका गतिविधिमा हरेक महिनाको अन्तमा मूल्याङ्कन गर्ने काम भएकाले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्धारा संचालित अपराध नियन्त्रण अभियानमा सहभागी हुन सबैमा अनुरोध समेत गरे । थापाले प्रहरीले गरेका राम्रो कामबाट नागरिकमा आशा पलाएकाले त्यसको सकारात्मक सन्देशहरु प्रवाह गरेर सहयोग गर्न संचारकर्मी माझ आग्रह गरे । उनले खुल्ला सीमाना, लागुऔषध र चोरी तस्करी समस्या भएपनि त्यसमा आफूहरु गम्भिर रहेको बताए । उजुरी आएको हकमा तुरुन्तै दर्ता नगर्दा केही गुनासो आएको सुनाउदै त्यसमा प्रहरीले सुक्ष्म अध्ययन गरी न्ययाको पक्षमा काम गरेको र कोही कसैलाई अन्याय नहोस भन्ने पक्षमा रहेको बताए ।