बालमैत्री नगर घोषणा गर्नको प्रत्येक वडामा प्रचारप्रसार – Nagarikabhiyan : National News

बालमैत्री नगर घोषणा गर्नको प्रत्येक वडामा प्रचारप्रसार

सुनसरीको रामधुनी नगरपालिकालाई भदौ २९ गते  थालिएको छ । बालमैत्रीका ४० वटा सुचकहरु पुरा गरेर बालमैत्री नगर घोषणा गर्ने अन्तिम तयारी गरेको हो ।घोषणा पूर्व प्रर्चा पम्फलेटिंग र होडिंग वोर्ड तथा व्यानर राखने कार्य प्रत्येक वडामा थालिएको नगरपालिकाका सामाजिक विकास शाखाका हर्षलाल चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार १ देखी ९ नम्बर वडाका प्रत्येक वडा र टोल स्तिरय बाल अधिकार, बाल श्रम, बाल मैत्री स्थानीय शासन बारे अन्तरक्रिया, अभिमुखिकरण सम्पन्न गर्दै बालमैत्री नगर घोषणा गर्न प्रचारप्रसार थालिएको हो ।केही वर्षयता बालमैत्री कार्यक्रम सहजीकरण गर्ने, बाल क्लबमा योगदान गर्ने पूर्व सदस्य बाल हेल्प डेक्स रामधुनीका अमन ढुङ्गेलका अनुसार नगरपालिकालाई संघीयता पछिको प्रदेश नं. १ को दोश्रो बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी भएको छ । बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धीमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ, जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ ।बालमैत्री नगरपालिका निर्माणको चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको छ । जसका कारण बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिएको छ । रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले नगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी र यो संगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्ने पक्षमा थप जिम्मेवारीको महसुस गरेको बताउनुभयो । वहाँले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्ने बताउनुभयों । उपप्रमुख सविना चौधरीले बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गर्ने र निरन्तरता सदैव हुने गरी घोषणाको तयारीमा जुटेको बताउनुभयो ।
बालमैत्री नगर निर्माणका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । सोही अनुरुप रामधुनी नगरपालिकाले सन् २०१५ देखि नै बालबालिकाको क्षेत्रमा पुजिगत बजेट, सत प्रतिशत बालबलिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्र छात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप,सबै घरमा शौचालय, बालबालिकाहरुको जन्मदर्ता, नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्युनीकरणको काम तिब्र रुपमा गरिरहेको छ । बालविवाह रोकथाम, न्युनीकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ३९ ओटा सूचक पूरा गर्नुपर्ने भएपनि रामधुनी नगरपालिकाले एउटा सुचक थप गरी ४० ओटा सूचकमा काम गरिरहेको छ । रामधुनी ८ का वडा अध्यक्ष रुद्र बस्नेतले गाउँटोलमा बालबालीकाहरु र स्यमसेविकाहरुले व्यापक प्रचारप्रसारा गरी बालमैत्री नग
र घोषणाको तयारीमा जुटेको बताउनुभयो ।