‘आतंकले विश्वासलाई कुच्याउन सक्दैन्’ : प्रधानमन्त्री मोदी
४ भाद्र २०७८, शुक्रबार १३:१२
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकको आधारमा साम्राज्य निर्माण गर्नेहरुको अस्तित्व स्थायी नहुने बताएका छन् ।
शुक्रबार गुजरातको सोमनाथ मन्दिरमा आयोजना भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले विश्वासलाई आतंक द्वारा कुचल्न नसक्ने बताएका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो सन्देश तालिबानलाई दिएका हुन् । प्रधानमन्त्री मोदीले भने–’आतंकले विश्वासलाई कुच्याउन सक्दैन। सोमनाथ मन्दिर धेरै पटक भत्काइएको थियो, यो लक्षित थियो । तर हरेक पटक यो मन्दिर खडा भएको छ । यो संसारको लागी सबैभन्दा ठूलो उदाहरण हो ।’
मोदीले आफ्नो सम्बोधनमा थप भने– ‘जो सेनालाई नष्ट गर्दैछन्, जो आतंकको आधारमा साम्राज्य निर्माण गर्ने सोचमा छन्, उनीहरु केहि समयको लागी हावी हुन सक्छन् । तर तिनीहरुको अस्तित्व कहिल्यै स्थायी हुँदैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया