अफगानिस्तानबाट उद्धार गरी १२७ नेपालीहरुलाई काठमाडौं ल्याइँदै – Nagarikabhiyan : National News

अफगानिस्तानबाट उद्धार गरी १२७ नेपालीहरुलाई काठमाडौं ल्याइँदै

काठमाडौं । अफगानिस्तानमा अलपत्र परेका एक सय २७ जना नेपालीहरुको उद्धार गरी आज काठमाडौं ल्याइँदैछ । एक सय २७ जना नेपाली बोकेको विमान आज बिहान काठमाडौँ आउन लागेको हो । आज विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौंमा अवतरण हुँदैछ। अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायतका देशहरुमा लगेर राखिएको थियो । त्यहाँ पुर्याइएका नेपालीहरुलाई आज कुवेतबाट काठमाडौँ ल्याउन लागिएको हो। नागरिक खबर बाट