प्रदेश २ का प्रमुख राजेश अहिराज पदमुक्त
३२ श्रावण २०७८, सोमबार १४:१०
काठमाडाैँ । सरकारले प्रदेश–२ का प्रमुख डा. राजेश अहिराजलाई हटाएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अहिराजलाई प्रदेश–२ प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेको हो ।
डा. झालाई हटाएर उनको स्थानमा सरकारले हरिशंकर मिश्रलाई नियुक्त गरेको छ । मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् ।
यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत २०७७ फागुन ७ गते प्रदेश–२ को प्रमुखमा नियुक्त गरेको थियो । २०३६ साल जेठमा रौतहटको संग्रामपुरका जन्मिएका राजेश मधेश मामिलाका जानकार हुन् । उनलाई प्रदेश–२ प्रमुख बनाउनुअघि ओली सरकारले माओवादी कोटाबाट नियुक्त तिलक परियारलाई त्यहाँबाट हटाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया