‘अफगानिस्तानका नेपालीको उद्धारमा सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्’ : प्रचण्ड – Nagarikabhiyan : National News

‘अफगानिस्तानका नेपालीको उद्धारमा सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्’ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि अविलम्व प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफू र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन्।

यसका लागि आफ्नो व्यक्तिगत एवं माओवादी पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने प्रचण्डले उल्लेख गरेका छन्। ‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपातकालीन अवश्थामा सर्वाधिक महत्वको कुरा त्यहा‘ रहेका नेपालीहरुको सुरक्षा र ऊद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पुर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु’ प्रचण्ड लेखेका छन् ।