आज पनि प्रतिनिधिसभा बैठक बस्दै
३२ श्रावण २०७८, सोमबार ११:३१
काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ। आजको बैठकमा रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ टेबुल गर्ने कार्यसूची रहेको संघीय संसदका महासिचव भरतराज गौतमले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया