गढी गाउँपालिका ३ मा कलस यात्रा
२५ श्रावण २०७८, सोमबार १८:३५
सुनसरीको गढी गाउँपालिका ३ मा कलस यात्रा निकालिएको छ । स्थानीयहरुको सहभागीतामा दोस्रो कलस यात्रा २०७८ निकालिएको हो । शिव मन्दिरमा पुजा समिति गढी गाउँपालिका ३ को आयोजनामा निकालिएको कलस यात्रामा सयौंको संख्यामा महिला तथा किसोरीहरु सहभागि भएका थिए । यहाँ निकालिएको कलस यात्रामा सहभागीहरुले उपबास बसी शिवलाई जल अर्पण गरेको जनाएको छ ।
कलस यात्रा पछि आयोजित कोण सभा तथा सम्मान कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले आपसि सदभाव, एकता र मनोकक्षा पुरा गर्ने शिवको महिमाको चर्चा गर्नुभएको थियो ।
यादवले गाउँमा शिव मन्दिर र पुजा गर्ने भक्तजन एक आपसमा जोडिएकाले मन्दिर निर्माण गर्नेहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा गढी ३ का वडा अध्यक्ष टुनालाल चौधरी, ४ का वडा अध्यक्ष रामचन्द्र महतो , ६ नम्बर वडा अध्यक्ष बन्दुलाल सरबरिया सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रममा चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र प्रसाद मेहता, समाजसेवी डिएन मेहता, शिबनारायण मेहता, भुवन साह, कम्लेश्वर मेहता, भुवनेश्वर यादव, हिरालाल मेहता र पत्रकार निरज यादव लगायतको उपस्थिती रहेको पुजा समितिका अध्यक्ष धु्रवलाल मेहताले जानकारी दिनुभयो । सोमबारी पुजा सहित कलसयात्रामा सहभागीहरुले गढी ४ देखी ५ हुदै वीपी चौकमा समेत परिक्रमा गरेको संयोजक विकास मेहताले जानकारी दिनुभयो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया