बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरीः प्रधानमन्त्री ओली
५ असार २०७७, शुक्रबार १७:५६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताएका हुन् ।
नेपाल स्काउटको ६९औंँ स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्री ओलीले आह्वान समेत गरेका छन् ।
उनले विपद् व्यवस्थापन कार्यका लागि समेत स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा ‘फस्ट रेस्पोन्डर’को रूपमा परिचालित गरिने बताए । नेपाल स्काउटमा आबद्ध अनुशासित नयाँ पुस्ताका प्रयासले जीवनमय र उर्वर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने अपेक्षासमेत व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया