समाज अभाव र अतिवादको चपेटाबाट मुक्त हुनुपर्ने : प्रदेश प्रमुख अहिराज – Nagarikabhiyan : National News

समाज अभाव र अतिवादको चपेटाबाट मुक्त हुनुपर्ने : प्रदेश प्रमुख अहिराज

राजविराज । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा अहिराजले समाज अभाव र अतिवादको चपेटामा परेकोहरुको मुक्त हुनुपर्ने बताउनुभएको छ ।

सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा आज आयोजित सुरक्षा निकायका पदाधिकारी र पत्रकारहरुबीच जिल्लाको सुरक्षा, कोभिड–१९को प्रतिकार्यको तयारी, लागु औषध, महिला हिंसा र दलितमाथिको दमन तथा सरोकारवालाको योगदान र भूमिका विषयको अन्तरक्रिया कार्यक्रममा उहाँले महिला हिंसा, भेदभाव, सिमा संगै सुरक्षा व्यवस्था कडा नभएसम्म लागुऔषध, तस्करी रोकिन सकिदैन ।

समाजमा सानो सानो कुरामा भइरहेको राजनैतिक गतिबिधिलाई हटाउनुपर्ने भन्दै समाजमा उठे भए गरेका यस्ता कुराहरु संचारकर्मीहरुले समेत सहि सत्यतथ्य लेखनुपर्ने उहाँले जोड दिनुभयो ।

पत्रकारहरु समाजका एैन हुन भन्दै समाजमा भइरहेको महिला हिंसा, भेदभाव, सिमा संगै सुरक्षा व्यवस्था, लागुऔषध, तस्करी, भ्रटाचार निवारणप्रति ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले प्रहरी प्रशासन र सरकारी कार्यालयहरुले पनि पत्रकारहरुलाई सहि सुचना दिएमा भष्ट्रचार न्युनिकरण हुने उहाँले समेत जोड दिनुभयो । समाजलाई वैवाहरीक पुर्ण अपराधलाई सहज गर्न संचारकर्मीहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको भन्दै पत्रकारहरुलाई सुरक्षाकर्मीले समेत सिमामा भइरहेको तस्करी,लागुऔषध ओहोर दोहोर जस्ता कुराहरु ध्यानआकर्षन गराए त्यसको पनि नियनत्रण हुने उहाँले जिकिर गर्नुभयो ।

सुचनाको हकले पनि समाज बिकास हुन्छ भन्दै भष्ट्राचारको कुराहरुमा संचारकर्मीहरुले समेत अहम भुमिका खुल्नुपर्ने उहाँको भनाई थियो । सो अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्यले जातियभेदभाव महिला हिन्साको घटना सप्तरी जिल्लामा केही कमी आएको बताउनुभएको छ ।

सुरक्षा संयन्त्रमार्फत सुरक्षा ब्यवस्था कडा पारिएको बताउदै सिमान क्षेत्रमा भइरहेको अपराधिक घटना र लागुऔषध तसकरी रोकन सकदो प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

कोभिड १९ बाट प्रभावित रहेका बेला पनि सुरक्षा निकायले नागरिकहरुलाई सहयोग गरिरहेको भन्दै अस्पतालहरुमा ओक्सीजनको समेत ब्यवस्था गर्न पहल गरिएको उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवले सुरक्षा क्षेत्र मात्र नभई सुचनाको भोको रहेका संचारकर्मीहरुलाई सुचनाको ब्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले भने फिल्डमा सधै दिनरात खटिएका पत्रकारहरुलाई सरकारी कार्यालय तथा बिभिन्न निकायहरुले सुचना दिन आलटाल गर्ने गरेको आरोप लगाउनुभयो ।

उक्त कार्यक्रममा प्रदेश नं. २ का सचिव ध्रुव गैडा, प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्य,नेपाली सैनाका सैना प्रमुख सैनानी निरज भण्डारी,सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजु श्रेष्ठ ,नेपाल प्रहरीका प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र धमला,राष्ट्रिय अनुसन्धानका प्रमुख राजन भण्डारी र बिभिन्न क्षेत्रमा काम गर्ने संचारकर्मीहरुको उपस्थित रहेको थियो । मंहासंघको निरिक्षण तथा संचारकर्मी संगभेटघाट प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा अहिराजले सप्तरीका संचारकर्मीहरु संग भेटघाट गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा आइतबार स्थानिय संचारकर्मीहरु संगको भेटघाटको क्रममा प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा अहिराजले सप्तरी जिल्लामा भइरहेको महिला हिँसाहरु रोकनुपर्ने बताउनुभयो । उहाँले यस जिल्लामा पत्रकारहरुको पत्रकारिता क्षेत्रमा महत्वपुर्ण भुमिका रहेको बताउदै हिँसा मुक्त जमाज हुनुपर्नेमा जोड दिनुभयो ।

समानता र सहभागिताको आधारमा सिमासुरक्षा हुनुपर्ने भन्दै समाजलाई सकारात्मक दिसातर्फ लागिन प्रदेश सरकारले पनि अहमभुमिका खेल्ने उहाँले बताउनुभयो । उहाँले समाजलाई राम्रो बनाउनका लागि पत्रकारिता क्षेत्रको समेत बिकास हुनुपर्छ । ]

सो क्रममा प्रदेश प्रमुख अहिराजले पत्रकार महासंघको सभाहललाई निरिक्षण गरेका थिए भने पत्रकारहरु संग सानो छलफल समेत गरिएको थियो । सोही क्रममा पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवले प्रदेश प्रमुखलाई समान्न र स्वागत गर्नुभएको थियो ।