इनरुवा वजार अनुगमन – Nagarikabhiyan : National News

इनरुवा वजार अनुगमन

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको बजार क्षेत्रमा अनुगमन सुरु गरेको छ । इनरुवा नगरपालिकाकी उपप्रमुखर जमुना पोखरेल गौतमले बजार अनुगमनलाई पहिलो प्राथमिकतामा राखेको र सोही अनुसार होटेल, किराना र कस्मेटिक पसलहरुको अनुगमन गरेको बताएकी छिन् ।
इनरुवा नगरपालिकाकी उपमेयर जमुनाले आफ्नै शहर इनरुवामा खाध्यानमा गुणस्तरीयता, महंगी नियन्त्रण तथा बजारलाई व्यवस्थित गर्ने उद्देश्यले स्थानीय बजार अनुगमन गरेको बताइन् ।
नगरपालिकाको संयोजनमा बजार क्षेत्रका विभिन्न १५ वटा बढि पसल तथा होटेलमा अनुगमन गरेको बताइन् । स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्ष बजार अनुगमन संयोजक हुन्छन् । सोही भएर बजार अनुगमनलाई सार्थक, प्रभावकारी बनाउने उद्देश्यले बजार अनुगमन गरेको जानकारी दिईन । नगरपालिकाका उपप्रमुख सहित उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्याल, जिल्ला प्रहरी कार्यालय सहितका अधिकारीहरुको सहभागीतामा बजार अनुगमन गरेको हो । ‘बजार अनुगमनमा देखिएका समस्याहरु के हुन् ? ती समस्याहरु के कारणले आएको हो ? समाधान के हो ? भनेर व्यसायीहरुसंग छलफल समेत भएको छ । केही पहलमा म्याद सकिएको सामग्री राखेकाले डिस्पोज गर्न , होटेलमा सरसफाई अभाव र मिसावट देखिएकाले त्यसमा सुधारका लागि निर्देशन दिएको थियो । गौतले बजार अनुगमनलाई निरन्तरता दिने जानकारी दिइन् ।