राष्टिय युवा संघको प्रदेश नंः १ कार्यालय उद्घाटन – Nagarikabhiyan : National News

राष्टिय युवा संघको प्रदेश नंः १ कार्यालय उद्घाटन

मोरगं विराटनगरमा राष्टिय युवा संघको कार्यालय उद्घाटन गरिएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको प्रदेश कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलको प्रमुख अतिथिमा गरिएको हो । राष्ट्रिय युवासंघ नेपाल प्रदेश नंः १ कार्यालय सुभारम्भ तथा अगुवा युवा भेला समेत सम्पन्न गरिएको छ । मोरङ्ग जिल्लाको बिराटनगर पार्टी कार्यालयमा नै नेकपा एमालेका नेता विनोद ढकाल, युवासंघका केन्द्रिय उपाध्यक्ष छितिज थेवे,अन्जना अधिकारी, महासचिव रमेश आचार्य र सचिब देवानन्द मेहता,कोषाध्यक्ष मुकेश बुढाथोकी, जिल्ला सदस्य रमेश कुमार यादव , रितिक यादव सहितको सहभागीतामा कार्यालय उद्धघाटन गरिएको हो ।

कार्यक्रम राष्टिय युवा संघ प्रदेश १ का संयोजक विजय डागींको अध्यक्षतामा सम्पन्न भएको थियो ।