कोरोनाः सरकारविरुद्ध उत्रिएका नेविसंघ पर्साले वीरगञ्ज महानगरका मेयरलाई बुझाए ज्ञापन पत्र – Nagarikabhiyan : National News

कोरोनाः सरकारविरुद्ध उत्रिएका नेविसंघ पर्साले वीरगञ्ज महानगरका मेयरलाई बुझाए ज्ञापन पत्र

वीरगञ्ज । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको विरोधमा उत्रिएको नेपाल विद्यार्थी संघ पर्साले बिहीबार वीरगञ्ज महानगरका मेयरलाइ ज्ञापन पत्र बुझाएको छ ।

कोरोना विरुद्धको संघर्षमा तीनै तहको सरकारको नेविसंघले विरोध गर्दै आएको छ । लकडाउनका कारण स्कुल कलेज बन्द भई विधार्थीहरुको शैक्षिक भविष्य अनमल भएको बेला गम्भीर रुपमा दृष्टिकोण र आवश्यक कार्ययोजना निमार्ण गर्न वी।रगंज महानगरपालिका असफल भएको महानगरपालिका यस्तो परिस्थितीमा पनि वीरगंज अनियमिता र भ्रष्टाचारमा संलग्न रहेको नेविसंघले ठहर गरेको छ ।

कोभिड–१९ को महामारी रोग नियन्त्रण गर्न यसका अल्पकालिन र दीर्घकालिन नाकारात्मक प्रभाव न्यून गर्न जनताको सरोकार र आवश्यकता विषयलाई सम्बोधन गराउन वीरगंज महानगरपालिकाले अविलम्ब चाल्नुपर्ने कदमहरु समेट्दै नेविसंघ ठा.रा.ब. इकाई समितिले महानगरलाइ ज्ञापन पत्र बुझाएको जनाएको छ ।

No description available.

नेविसंघको ज्ञापन पत्रमा वीरगंज महानगरपालिकाले सार्वजनिक रुपमै नागरिक सित चन्दा उठाई खरिद पि।सि।आर टेस्ट मेशिन आम्दानी खर्च प्रक्रिया पार्दशित गरियोस, ठाकुर राम बहुमुखी क्याम्पस लगायत वीरगंजमा रहेका सम्पूर्ण विद्यालयहरुको कोरेन्टाइनलाई मानवीय मापदण्ड अनुसार व्यवस्थित गरियोस, ठाकुर राम बहुमुखी क्याम्पस लगायत महानगरमा रहेको सम्पूर्ण विद्यालयहरु जो कोरेन्टाइनको रुपमा प्रयोग भै सकेका छन् वा प्रयोगमा छन् ।

त्यसको सम्पूर्ण विजुलीको भुक्तानी शौचालय सरसफाई तथा सेन्टिाइज गर्ने कार्य यथासिघ्र गरियोस, वीरगंज महानगरपालिकामा रहेका घरहरुको लाग्ने घरभाडाको टि।डि।एस। नेपाल सरकारको मापदण्ड अनुसार माफ गरियोस् । वीरगंज महानगरपालिकाले लिने व्यवसायिक कर माफ गरियोस्, वीरगंज महानगरपालिकाको हरेक वार्डहरुको फोहोर व्यवस्थापन यथासिघ्र गरियोस लगायतका मागहरु समेट्दै मेयरलाइ ज्ञापन पत्र बुझाएको हो ।

नेविसंघका ठाराब इकाइ अध्यक्ष मनोज साह, युवा नेता धिरज गुप्ता, राहुल शर्मा, अंजन गुप्ता, भुपेन्द्र यादव, राजा गुप्ता लगायतकाको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको छ ।

No description available.

No description available.