पर्सामा ८ जना कोरोना संक्रमित उपचारपछि घर फर्के – Nagarikabhiyan : National News

पर्सामा ८ जना कोरोना संक्रमित उपचारपछि घर फर्के

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकबाट कोरोना जितेर ८ जना घर फर्केका छन् ।

कोभिड अस्थायी अस्पतालबाट बिहिबार पर्साका ७ र रौतहटका १ गरी ८ जना उपचार पश्चात घर फर्केको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले बताए ।

डिस्चार्ज हुनेमा पर्साको कालीकामाई गाउँपालिकाका वडा नम्बर २ का ४०, ३०, ४५ र १६ बर्षका ४ जना पुरुष, धोविनी गाउँपालिकाको गुलरिया गाउँका ३३ बर्षिय एकजना पुरुष, जिल्लाकै सखुवई जमुनिया गाउँका २५ बर्षिय एकजना पुरुष र वीरगन्ज १७ सिर्सिया गाउँका १५ बर्षिय महिला र रौतहट राजदेवी नगरपालिका पथरी गाउँकी ३६ बर्षिय महिला रहेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि जेष्ठ २१ गते पर्साका र २२ गते रौतहटका लाई कोभिड अस्पतालको आईसोलेशन वार्डमा ल्याएर भर्ना गराईएको थियो । अस्पतालमा राखिएपछिको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएका ८ जनालाई डिस्चार्ज गरेर घर पठाईएको डा. सिंहले बताए ।

८ जना डिस्चार्ज भएपछि गण्डक स्थित कोबिड अस्थायी अस्पतालमा ७ जना महिला सहित ४२ जना मात्रै संक्रमित रहेका छन् । तीमध्ये पर्साका ४० र रौतहटका २ जना रहेको डा. सिंहले जानकारी दिए ।

पर्सामा हालसम्म ५ हजार ५ सय १५ जनाको पीसीआरको लागि स्वाब संकलन भईसकेको छ । जसमध्ये ५ हजार ४५ जनाको रिपोर्ट आईसकेको छ । अहिले ४ सय ७० जनाको रिपोर्ट आउँन बाकी छ । अहिले सम्म २३ महिला सहित १५२ जनामा कोरोना संक्रमणको पुष्टि भईसकेको छ ।