बिहीबार ६ सय ७१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७८४८
४ असार २०७७, बिहीबार १८:२५
काठमाडौं । नेपालमा थप ६ सय ७१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमले बिहीबार ५ सय ९१ जना पुरष र ८० जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । नेपालमा ७ हजार २ सय २९ जना पुरुष र ६ सय १९ महिला संक्रमित रहेका छन् ।
हालसम्म १ हजार १ सय ८६ जना निको भएर घर फर्किएका छन् । निको हुनेमा १ हजार ७२ जना पुरुष र १ सय १४ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्र्चाज भएको मन्त्रालयले जनाएको छ । देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
नेपालमा अहिलेसम्म १ लाख ५५ हजार ५ सय १८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। त्यसैगरी २ लाख ५३ हजार ७५ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
देशभर १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसतै कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया