बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गत छात्रालाई साइकल प्रदान
१९ श्रावण २०७८, मंगलवार २१:२९
राजविराज । सप्तरीको छुटा छुटै ठाउामा आज एकै दिन कक्षा आठमा अध्यनरत छात्राहरुलाई साइकल बितरण गरेको छ ।
प्रदेश २ सरकार मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.४ सखुवामा छात्राहरुलाई साइकल बितरण गरिएको हो । मंगलबार आयोजित श्री हियालाल मा. वि. सखुवा कचनदाहा र श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कृषि सहकारी मन्त्री मा. शैलेन् प्रसाद साहले कक्षा ८ मा अध्यनरत गर्ने ३७ जना छात्रालाई साइकल वितरण गरेका छन ।

सो क्रममा श्री हियालाल मा. वि. सखुवा कचनदाहामा अधयन्नरत २० जना छात्रा तथा माध्यमिक विद्यालय खोक्सर प्रवाहाका १७ जना छात्राहरूलाई प्रदेश न. २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री साहले साइकल वितरण गरिएको छ । सोही क्रममा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री साहले छात्राहरूको पहुाचमा शिक्षाको वृद्धि हुने प्रदेश सरकारले साइकल वितरण गरेको बताए ।
उक्त कार्यक्रममा वडा अध्यक्ष , प्रधानाध्यापक , लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै सोमबार पनि सप्तरीको रुपनी गाउापालिकामा रहेको एक बिद्यालयमा अध्यन गर्ने ६५ जना छात्रालाई साइकल बितरण गरिएको छ । प्रदेश २ सरकार मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत जिल्लाको रुपनी गाउापालिका १ स्थित कन्छु नरप्रताप माध्यमिक बिद्यालय नकटी रायपुरका छात्राहरुलाई साईकल बितरण गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया