छिन्नमस्ता शक्तिपीठबाट चोरी भएको मुकुट भेटियो – Nagarikabhiyan : National News

छिन्नमस्ता शक्तिपीठबाट चोरी भएको मुकुट भेटियो

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता मन्दिरबाट चोरी भएको भगवती मुर्तीको चाँदीको मुकुट (मस्तक) सहित चोर आज (सोमबार )विहान पक्राउ परेका छन् ।

आइतबार साँझ करिब ७ : ३० बजेतिर मन्दिरबाट भगवतीको चाँदीको मुकुट चोरी भएको थियो । रातभरीको व्यापक खोजतलास पश्चात सोमबार बिहान चोरसहित मुकुट बरामद गरिएको प्रहरीले जनाएको छ । मुकुट चोरीमा संलग्न भएको आरोपमा प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिका–५ बस्ने राजेशकुमार मण्डललाई पक्राउ गरेको छ ।

मन्दिरबाट भगवतीको मुकुट चोरी भएपछि खोज तलासका लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरिएको मुकुट भारत लैजान नपाउन भनेर प्रहरीले सप्तरीका भारत प्रवेश गर्ने नाका गए रातिदेखि नै बन्द गरेको थियो ।