मृगौला पीडित श्रवण चौधरीलाई मधेसी समाजको सहयोग – Nagarikabhiyan : National News

मृगौला पीडित श्रवण चौधरीलाई मधेसी समाजको सहयोग

देवानगंज ।  सुनसरीको वर्जु गाउँपालिकाको मृगौला पीडितलाई मधेसी समाज दक्षिण कोरियाले सहयोग गरेको छ । आइतबार मधेसी समाज दक्षिण कोरियाले सुनसरीको बर्जु गाउँपालिका वार्ड न ६ निवाशी २७ बर्षिय श्रवण कुमार चौधरीको उपचारका लागि सहयोग गरेको हो । चौधरीको हाल दुबै मृगौला फेल भएर जीवन र मृत्युुको दोधारमा रहेको बेला निजको मृगौला प्रत्यारोपणको लागि ५१,००० हस्तान्तरण गरिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष महेन्द्र मेहता ,पूर्व अध्यक्ष अरबिन्द कुमार मेहता, पूर्व सचिब तथा मिडिया सञ्चालक राम कुमार राजा र संस्थाका सदस्य सन्तोश कुमार मेहता सहितले बर्जु गाउँपालिका ६ नम्बर वडाका वडा अध्यक्ष बिनोद कुमार चौधरीको उपस्थितीमा सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा श्री माबि चिमडीका शिक्षक बिजय कुमार चौधरी र श्रवण कुमार चौधरी बचाऔं अभियानका अभियन्ता पुष्पे कुमार चौधरी,धिरज कुमार चौधरी, अभियानका संयोजक सरोज कुमार चौधरीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई अभियन्ता सरोज कुमार चौधरीले औपचारिक रुपमा सन्चालन गरेका थिए ।

हाल बिरामी चौधरीको उपचार भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रीय प्रत्यारोपण केन्द्रमा भइरहेको जनाएको छ । हालसम्ममा श्रवण बचाऔ अभियानमा १० लाख रुपियाँ सङ्कलन भएको अभियानका संयोजक सरोज कुमार चौधरीले जानकारी दिनुभयो ।