प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८५ जना संक्रमित थपिए,संक्रमितको संख्या २ हजार ३७९ पुग्यो
२ असार २०७७, मंगलवार १८:३३
जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ७ जना महिला र १ सय ७८ जना पुरुषगरी कुल १ सय ८५ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जस अनुसार सप्तरी जिल्लामा ३,सिरहा जिल्लामा २,धनुषा जिल्लामा २१,महोत्तरी जिल्लामा ८९,सर्लाहीमा १६,रौतहट जिल्लामा ५२ र पर्सा जिल्लामा २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
महोत्तरी जिल्लाको मठिहानी नगरपालिकाका १३ बर्षिय वालक,सोही नगरपालिका ५१ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुष,लोहारपट्टी नगरपालिकाका २६ र २७ बर्षका २ जना पुरुष,औरही नगरपालिकाकी २८ बर्षिय महिला,सोही नगरपालिकाका १८ बर्षिय किशोर सहित १९ र ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट जिल्लाको यमुनामाई नगरपालिकाका १५ बर्षिय किशोर सहित १९ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुष,बौधिमाई नगरपालिकाका ८ र १२ बर्षिय वालिका,सोही नगरपालिकाका १८ बर्षिया किशोरी र २८ बर्षिया २ जना महिला,बौधिमाई नगरपालिकाकै ४१ देखि ६० बर्ष उमेर समुहका ४ जना र १९ देखि ४० बर्ष उमेर समुहका ११ जना पुरुष,सोही नगरपालिकाका ४ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका १३ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाका २३ र ३१ बर्षका पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यस प्रदेशमा मंगलबारसम्म ३४ हजार ४ सय ४५ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा २ हजार ३ सय ७९ जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५० जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै १० हजार २ सय १६ जनाको नतिजा आउन बाँकी रहेको छ ।
आरडिटी तर्फ अहिलेसम्म १५ हजार ७ सय ३४ जनाको परीक्षण गरिएकोमा ७ सय ८२ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १४ हजार ९ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।
प्रदेशमा संक्रमित २ हजार ३ सय ७९ मध्ये सबैभन्दा बढि रौतहटका ८ सय ९४ जना रहेका छन् । त्यस्तै ५ सय २७ जना सर्लाहीका,३ सय ७ जना महोत्तरीका,१ सय ८५ जना धनुषाका,१ सय ५६ जना पर्साका,१ सय ३६ जना सप्तरीका,९९ जना बाराका र ७५ जना सिरहाका व्यक्तिहरु छन् ।
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ४ सय ५ बेड क्षमताको ४ सय ३९ वटा क्वारेन्टाइनमा अहिले १२ हजार ३ सय ३१ जनालाई राखिएको छ भने १४ हजार ५ सय ७९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ४ सय ३४ बेड क्षमताको आईसोलेशनमा ९ सय ३९ जना बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले जानकारी दिए ।
प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका २८ जना सहित यस प्रदेशका ५ सय ६ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया