भारत र चिनियाँ सेनाबीच भिडन्त, ५ चिनियाँ सेना ठहरै
२ असार २०७७, मंगलवार १८:२४
एजेन्सी । भारत र चीनका सेनाबीच सीमा क्षेत्र लद्दाखमा भिडन्त भएको छ ।
भारत र चीनका सेनाबीचको भिडन्तमा ३ भारतीय र ५ चीनियाँ सैनीकको मृत्यु भएको भारतीय सञ्चारमा माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
भिडन्त भारतका ३ र चिनिया ५ सेनाले ज्यान गुमाउनुका साथै ११ चिनिया सैनिक घाइते समेत भएको ग्लोबल टाइम्सले दाबी गरेको छ । तर पुष्टि भने भइसकेको छैन ।
बीबीसी हिन्दीका अनुसार यस अगाडि भारतीय सेनाले भारत–चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको थियो । त्यस लगतै भारतिय सेनाले अर्को विज्ञप्ति जारी गरी दुवै देशमा विज्ञप्ति क्षति भएको पुष्टि गरेको थियो ।
सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेपछि विवाद बढेको भारतले जनाएको छ ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी यो सङ्घर्ष भएको हो। चीनले भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया