चालिस थान रङगा पक्राउ – Nagarikabhiyan : National News

चालिस थान रङगा पक्राउ

राजविराज ।भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको ४० थान रङगा आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीको सुरुङगा नगरपालिका वडा नं. १० बलान खोलाबाट अबैध रुपमा भन्सार छली लाउदै गरेको उक्त रङगालाई पक्राउ गरिएको छ ।

भारतबाट नेपाल तर्फ बलान खोलाको पश्चिम किनारा हुदै ४० वटा रङगा ल्याउदै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो । करिब रु.१ लाख ६० हजार मुल्यबराबरको रङगा पक्राउ गरिएको हो । यता आवश्यक कारवाहीको लागी राँगालाई तिलाठी स्थित राजबिराज भंसार कार्यालयमा पठाईएको प्रहरी नायव उपरिक्षक काफलेले बताउनुभयो ।