साउन ११ गतेदेखी सुनसरीमा कोरोनाको तेस्रो खोप लगाउने (कार्य तालीका सहित)
८ श्रावण २०७८, शुक्रबार १७:१५
सुनसरीमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप तेस्रो लटको लगाउने तयारी भएको छ । कोरोना विरुद्धको खोप लगाउने केन्द्र समेत निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । चीनले उपलब्ध गराएको खोप र त्यसपछि अमेरीकाले उपलब्ध गराएको खोप जिल्लाका १२ वटा स्थानीय तहमा एकसाथ लगाइने भएको छ । शुक्रबार बसेको जिल्ला स्तरीय बैठकले साउन ११ गते सोमबारदेखि लगाइने खोपका लागि सम्बन्धित स्वास्थ्य कार्यालय र स्थानीय तहहरूलाई केन्द्र निर्धारण गरेको जानकारी समेत पठाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार चीन सरकार र अमेरिकाबाट प्राप्त खोप ५० देखि ५४ वर्ष उमेर समूह र ५५ वर्ष माथी उमेर समूह, शिक्षक, प्राध्यापक, शिक्षण संस्थाका कर्मचारी, अत्यावश्यक सेवामा संलग्न व्यक्ति, सरसफाईकर्मी , यातायात मजदुर,विदेशमा काम , रोजगार वा पढ्न जान लागेका विद्यार्थी, यातायातमा संलग्न चालक, सहचालक, असंक्त अपांगता भएका व्यक्ति लगायतका व्यक्तिलाई दिइने छ ।
प्रजिअ ढकालले दिएको जानकारी अनुसार खोप केन्द्रमा केही समस्या आएको विगतको गुनासो आउन नदिनका लागी सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत गरेको छ । स्वास्थ्य सेवा विभाग असार २८ गतेको पत्रानुसार खोप लगाउने निर्णय भएको ढकालले जानकारी दिनुभयो ।

खोप लगाउने सबैले परिचय पत्र अनिर्वाय देखाउनुपर्ने भएको छ । जिल्लामा खोप केन्द्र र खोप सेन समेत निर्धारण गरेको छ । धरानमा ७ स्थानमा १५ वटा केन्द्र, इटहरीमा ५ स्थानमा ११ वटा केन्द्र, बराहक्षेत्रमा ६ स्थानमा १२ वटा केन्द्र, इनरुवामा ७ स्थानमा १५ वटा केन्द्र, रामधुनीमा ५ स्थानमा १० वटा केन्द्र, दुहवीमा ८ स्थानमा १६ वटा केन्द्र, कोशीमा ६ स्थानमा १२ वटा केन्द्र,गढीमा ४ स्थानमा ८ वटा केन्द्र, भोक्राहा नरसिंहमा ४ स्थानमा ८ वटा केन्द्र, देवनागञ्ज र हरिनगरमा ५ ÷५ स्थानमा १०÷१० वटा केन्द्र गरी कुल ६९ स्थानमा १४१ वटा केन्द्र निर्धारण गरेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य प्रमुख सागर प्रसाईले खोप लगाउन परिचयपत्र सहित उपस्थित हुनुपर्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया