थपिए २८३८ कोरोना संक्रमित, ३० जनाको मृत्यु
६ श्रावण २०७८, बुधबार १६:४६
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणबाट १ हजार ९१८ जना र ३ हजार ९०१ एन्टिजेन परीक्षणबाट ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी गत २४ घण्टामा १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया