पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु – Nagarikabhiyan : National News

पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसोबाट स्थायी कमिटी बैठक जारी रहेको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामायिक राजनीतिक विषयमा ब्रिफिङ गर्नुहुने र सरकारमा पठाउने मन्त्रीको विषयमा पनि छलफल हुने छ । आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।