नेपाल पक्ष देउवा सरकारमा जान भयो राजी – Nagarikabhiyan : National News

नेपाल पक्ष देउवा सरकारमा जान भयो राजी

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न् प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए। दुई जनाबीच सवा ८ देखि ९ बजेसम्म छलफल भएको नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ। उनीहरूबीच पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ। प्रचण्डको आग्रह पछि नेपाल देउवा सरकारमा जान राजी भएका हुन्।