संसद भवनबाट बाहिरिए माधव नेपालपक्षका केही सांसद
३ श्रावण २०७८, आईतवार २१:३०
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका केही सांसदहरु प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् । राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।
नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डे र राजबहादुर बुढालगायत सांसदहरु संसद भवनबाट बाहिरिएका हुन्। विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ ।
संसद भवनबाट बाहिरिने क्रममा एमाले नेता एवम् सांसद गोकर्ण विष्टले पार्टी एकताका लागि सुझबुझपूर्ण निर्णय गरिएको बताए।
यद्यपि जसपाको महन्थ पक्षले. विश्वासको दिन भएपछि देउवालाई बहुमतका लागि माधव पक्षको मत अनिवार्य छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया