प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै
१ श्रावण २०७८, शुक्रबार ०८:४७
काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । आज बिहान देउवा बालुवाटार सर्न लागेका हुन् ।
गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बुढानिलकण्ठमा बस्दै आएका थिए । देउवाको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान देउवा सरकारी निवास सर्न लागेका हुन् ।
यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए । ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया