राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भयोः मन्त्री ढकाल
३० जेष्ठ २०७७, शुक्रबार १५:०७
काठमाडौं । ई-टिकेटिङ एप्स सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताएका छन् ।
पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताएका छन् ।
उनले भने ‘सुरुमा रागबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।’
मन्त्री ढकालले विश्वका अन्य कुनै पनि देशमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो १/२ दिनको घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया