अमेरिकामा २० लाख ८८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण – Nagarikabhiyan : National News

अमेरिकामा २० लाख ८८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

एजेन्सी । साढे ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ८८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २२ हजार ५६३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ८८ हजार ९६४ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा शुक्रबार बिहान साढे ५ बजेसम्म १ लाख १६ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८९४ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख १३ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ११ लाख ५९ हजार ७२ जनामध्ये १६ हजार ८०७ जनाको अवस्था गम्भीर रहेको छ ।