भोक्राहा नरसिंहका बाढी पीडितलाई राहत वितरण
२३ असार २०७८, बुधबार १९:०३
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ मा बाढी पीडितहरु अल ईस्लाह ऐजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपालले राहत वितरण गरेको छ । सोसाईटीको भोक्राहा नरसिंह ५ सुनसरीको कार्यालयबाट भोक्राहा नरसिंह ७ का करिब २०० परिवारलाई राहत बाँडेको संस्थाका उपाध्यक्ष शबिब आलमले जनाकारी दिनुभयो ।
आलमका अनुसार राष्टिय युवा संघ नेपाल भोक्राहा नरर्सिह गाउँपालिका कमिटि संयोजक रमेश कुमार यादव, भोक्राहा नरसिंह ७ नम्बर वडा अध्यक्ष रामचन्द्र यादव, नेपाल प्रहरीका प्रतिनिधिनेपाली कांग्रेसका गाउँ सभापति युबराज दहाल, नेकपा एमालेका अध्यक्ष राजकुमार मेहता, जनता समाजवादी पार्टीका अध्यक्ष महेन्द्र यादव, नेकपा माओवादी केन्द्रका गाउँ कमिटि अध्यक्ष हेमनारायण मण्डल सहितको उपस्थितीमा राहत वितरण गरेको छ ।

बाढी पीडितलाई वितरण गरिएकोको राहतमा सहयोग गर्नेहरुमा हारिस फलाही, हमजा अन्सारी, समिम मियाँ, सलमान अन्सारी, सद्दाम हुसैन अन्सारी, लुकमान अन्सारी, नौशाद असफाक, मेहयुद्दीन मन्सुरी, होजेफा अन्सारी, अफताब आलम, वक्कार आलम , जमाल मन्सुरी,शब्बीर आलम, अकमल हुसैन, जफर आलम रहेका छन् ।
बाढी पीडितहरुलाई प्रति परिवारलाई ३ केजी भुजा, ५ केजी चिउरा र १ पाकेट भुजीया वितरण गरेको आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया