प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा छलफल – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा छलफल

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

शीतल निवास स्रोतका अनुसार उनले मंगलबार बिहान १० बजेदेखि करिब २ घण्टा भण्डारीसँग छलफल गरेका छन्।

संसद विघटनविरुद्धको मुद्दामा फैसला आउने मिति नजिकिएका बेला ओली र भण्डारीबीच लामो छलफल भएको हो।