देवानगञ्ज गाउँपालिकामा जनप्रतिनिधिकै सेटिङ्गमा न्यायिक समितिको कार्यक्रममा ब्रहमलुट !
२२ असार २०७८, मंगलवार १९:५०
देवानगंज । कोरोना संक्रमणका कारण सुनसरीमा मात्रै सयौको मृत्यु भएको र हजारौ संक्रमित भएर जिल्ला नै अहिले आक्रान्त छ । कोरोना नियन्त्रणका लागि जिल्लामा स्थानीय प्रशासनले जिल्लाभर निषेधज्ञा लगाएको पनि दुई महिना पुगेको छ । स्थानीय प्रशासनले निषेधाज्ञाको समय बढाएर असार ३१ गतेसम्म पुर्याएको छ । तर यही समयमा स्थानीय सरकार र स्थानीय सत्तारुढ दलका केही नेता कार्यकर्ता पालन गर्नका लागि निषेधाज्ञाको उल्लंघन गर्दै विभिन्न कोठे र कागजी कार्यक्रममा लागेको आरोप बाहिर आएको छ ।
यही क्रममा सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा न्यायिक समितिको बजेट नै उपयोग नभई नागरिकलाई अन्यायमा पारि अनुभव नै नभएको संस्थालाई कमिसनको चकरमा कार्यक्रम दिएको खुलेको छ । त्यो पनि लक्ष्ति बाहेकको हातमा कार्यक्रम पुगेकाले देवानगञ्जबासीले विरोध जनाएको छ । स्थानीय सरकारको गैरजिम्मेबार काम र कमिसनको बिरोध गरेको भएपनि भ्रष्ट प्रवृतिकाहरु ऐन, कानुन र सरकारको नियमको पूर्ण उलंधन गरेको छ ।
देवानगंज गाउँपालिकामा अंधिकास कार्यक्रमहरु कमिसनको चकारमा स्थानिय संघ संस्थालाई नदिएर बहिरको संस्थाहरु लाई दिने गरको छ । जस्को उदाहरण मात्र हो न्यायिक समितिको कार्यक्रम यस्ता धेरै कार्यक्रमहरु देवानगंज गाउँपालिकाका जनप्रतिनिधिर र केही कर्मचारीहरुको सेटिङ्गमा ब्रहमलुट गरेको देखिन्छ ।
दुई दिनदेखी देवानगञ्ज गाउँपालिकामा न्यायिक समितिको गोप्य कार्यक्रम पालिका को बजेट उपयोगमै अन्याय भएको कमिसनको चकरमा लक्ष्ति बाहेकको हातमा कार्यक्रम दिएको आरोप बाहिर आएको विषयमा उपाधयक्ष पुनितादेवी यादवले पाँच दिने कार्यक्रम भएको र दुईदिन समपन्न भएको र जारी नै रहेको प्रतिकृया दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया