प्रतिष्ठानमा पूनः बेचन उराँव निवार्चित
२१ असार २०७८, सोमबार १३:२५
देशभरका उराँव समुदायको प्रतिनिधित्व गर्ने र उनीहरुको हकअधिकारको पक्षमा वकाल गर्ने उदेश्यले स्थापिति नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान प्रतिष्ठानको ११ औं राष्ट्रिय अधिबेशनबाट बेचन उराँवको अध्यक्षतामा प्रतिष्ठानमा नयाँ कार्यकाल सुरु भएको छ ।
पूनः प्रतिष्ठानको अध्यक्षमा बेचन उराँवको नेतृत्वता सर्वसम्मत निर्वाचित भएको हो । प्रतिष्ठानको उपाध्यक्षमा जयप्रकाश उराँव, सचिवमा रामलाल उराँव, कोषाध्यक्षमा सम्पतलाल उराँव, सहसचिवमा देवप्रकाश उराँव चयन हुनुभएको छ ।
त्यसैगरी प्रतिष्ठानका सदस्यहरुमा उर्मिला उराँव, दुर्गानारायण उराँव, अनिता उराँव, प्रमेश्वर उराँव, ब्रहमदेव उराँव, सुनिल उराँव, सुरेश उराँव, राजकुमार उराँव, प्रभा उराँव, रिमा उराँव, र सल्लाहकारहरुमा नुनुलाल उराँव, बासुदेव उराँव, कुमारी शरणा उराँव निर्वाचित हुनुभएको छ ।
प्रतिष्ठानको अधिवेशनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६÷०७७ को संस्थाको प्रगति बिवरण, र संस्थाको कार्ययोजनाको सम्बन्धमा प्रस्तुत भई सर्वसम्मतबाट पास भएको छ ।
नवनिर्वाचित अध्यक्ष बेचन उराँवको प्रथम कार्यकालमा पहिलो पटक उराँव जातिको महानपर्व करम पूर्वसन्ध्या कार्यक्रम २०७५, करम पूर्वसन्ध्या कार्जक्रम २०७६, विद्यार्थीहरुको लागि छात्रवृति, सचेतना, उराँवहरुको जातिय तथा धार्मिक संग्राहालय र प्रतिष्ठानको लागि इनरुवानगरपालिका नगरपालिकाबाट जग्गा उपलब्ध, प्रतिष्ठानको भवन निर्माण, उराँव जातिको इतिहास पुस्तक निर्माण, उराँव शब्दकोष निर्माण, उराँव भाषाको पठनपाठ्को पाठ्य सामग्री निर्माण भएको छ ।
त्यसैगरी नेपालमा बसोबास गरेका क्षेत्रमा उराँव भाषामा रहेका नदि, गाँउ, जंगल, धार्मिक स्थलहरुको स्थाननामको अनुसन्धान र निर्माण, उराँव जातिको थर सुचीकरण आदि कार्यहरु वहाँको प्रथम कार्यकालमा सम्पन्न भएको थियो । त्यसैगरी नेपालमा रहेका उराँवहरुको धार्मिक पर्व करम पूजामा स्थानिय स्तरमा विदा स्थानिय तहहरुमा गराउन सफल हुनु भएको थियो ।
साथै प्रतिष्ठानबाट करम पूजा र जतरा पूजाको आयोजना र आर्थिक सहयोग प्रतिष्ठानले गरेको थियो । गतवर्ष कोरोना भाइरसबाट बच्नका लागि वडा स्तरको स्थानीय तहमा प्रतिष्ठानले सहयोग गर्नुका साथै उराँव जातिको पहिरणलाई प्रवद्र्धन गर्न पोशाकहरु करम पूजाको अवसरमा वितरण गरेको थियो । प्रष्ठिानको २०७८ असार १२ गते भएको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसहमतीबाट चयन भएको छ ।
प्रतिष्ठानको कार्यबाट उराँव समुदायको उत्थान, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको स्थानीय कमली उराँवले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया