माधव नेपालले अध्यक्ष ओलीसँग भेट्न अस्वीकार गर्नुभयो
२० असार २०७८, आईतवार १६:४४
काठमाडौं । गृहमन्त्री समेत रहनुभएका नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले विहान कोटेश्वरमा माधव कुमार नेपालसँग भेट गर्दा नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न नमानेको बताउनुभएको छ ।
भेटमा उहाँले प्रधानमन्त्री ओलीसँग भेटेर समस्याको समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिनुभयो ।
आइतबार राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा नेता नेपालसँगको भेटबारे पत्रकारहरूले राखेको जिज्ञासामा गृहमन्त्रीसमेत रहेका पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘माधवजीकोमा गएका थियौं । म, सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले पार्टीलाई एकतावद्ध गरेर लिएर जाऔँ भनेर आग्रह गर्यौं । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् ।ज्योतिन्यूज तपाईंहरू एक आपसमा बस्नुहोस् नेताहरू पनि । हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौँ । समाधान खोजेर अगाडि जाऔँ । पार्टी अध्यक्ष र तपाईंबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौँ भनेर हामीले प्रस्ताव राख्यौं,’
उहाँले अघि भन्नुभयो, ‘तर, उहाँले खासगरी प्रधानमन्त्री ओलीसँग भेट्न अरुची प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुची राख्नुभएन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया