हरिनगरामा जनताको आँखामा छारो हाल्ने गरि निर्माण गरिएको सडक; बनेको १० मिनेटमै गायब ! – Nagarikabhiyan : National News

हरिनगरामा जनताको आँखामा छारो हाल्ने गरि निर्माण गरिएको सडक; बनेको १० मिनेटमै गायब !

हरिनगर । सुनसरीको हरिनगरा गाँउपालिका ४ स्थित वडा कार्यालय देखी बसन्तपुर जाने मोड सम्मको बाटो निर्माण गरिएको दुइदिनमै भत्किएको छ ।

तीन टिपर गिट्टी प्रयोग गरेर जनताको आँखामा छारो हाल्ने गरि निर्माण गरिएको सो बाटो बन्न नपाउदै भत्किएको छ । गाउँपालिका अनुसार उक्त बाटो ग्राभेलका लागि तीनलाख छुट्याइएको थियो ।  अहिले बाटो फेरि पुरानै अवस्थामा फर्केको छ भने सवारी साधन देखी पैदलयात्रीलाई समेत हिडडुल गर्न समस्या भएको छ ।

स्थानियकाअनुसार जम्मा तीन टिप्पर मात्र गिट्टी हालेर जनतालाई ठग्ने कार्य गाउँपालिकाबाट भएको छ ।  गिट्टी हालेको दश मिनेट बित्न नपाउँदै सवारीसाधनहरू फसेका थिए ।

गाउपालिका अध्यक्ष र सदस्यहरू मिलेर जनताको आँखामा छारो हाल्ने कामगरी बजेटमा अनियमितता गरेको एक स्थानियले आरोप लगाएका छन् । अहिले बाटोको स्थिती पहिलाजस्तै छ ।