सिन्धुलीमा बाढी पहिरोबाट दुईको मृत्यु, करोडौँको क्षति
१८ असार २०७८, शुक्रबार १२:२४
सिन्धुलीमाढी । लगातारको दुई दिनको बर्षाका कारण सिन्धुली जिल्लामा दुई जनाको ज्यान गएको छ भन करोडौँको क्षती भएको छ ।
जिल्लामा रहेका कमला नदी, मरिण खोला, तावा खोला लगायतका खोला नालामा आएको बाढीले धनजनको क्षती गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित लब्दाह खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका कमलामाइ नगरपालिका–४ सन्तबहादुर मगरको शव वडा नं ८ को सिस्नेरी नजिक कमला नदी किनारमा फेला परेको छ ।
त्यस्तै कमलामाइ नगरपालिका–८ को पैरेमा तस्वि रामबहादुर बम्जनको आश्रममा पहिरोमा परि एक जनाको ज्यान गएको छ । आश्रमको एक घर पहिरोले पुर्दा हेटौंडा उपमहानगरपालिका १३ कालरिनबहादुर हिन्दुङको घटना स्थलमै मृत्यु भएको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतकहिन्दुङ तपस्यारत थिए । लगातारको वर्षाले कमला नदी र मरिण खोलामो पानीको सतह बढेकाले सचेत रहन स्थानीयलाइ प्रहरीले अनुरोध गरेको छ ।
जिल्लामा बाढी र पहिरोको कारण क्षती भएको विवरण संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । उहाँले नदि, खोला, खहरे नजिक बसोबार गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गनुभयो । पहिरोको जोखिममा रहेको बस्ती तथा घरमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान उहाँले अनुरोध गर्नु भएको छ ।
दुधौली नगरपालिका –१ स्थित वंकाखोला र वडा नम्बर २ को खारखोलामा आएको वाढीले खोला नजिकको वस्ति ढुवानमा परेको छ । अविरल वर्षाको कारण खोलामा आएको वाढीले वस्ती ढुवानमा परेको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताउनुभयो । मानवीय क्षेत्री भने नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले खोला नजिक रहेको पसल भित्रका सामाग्री, घरमा भएका खाद्यन्न लगाएतका सामग्री बगाएको छ ।
यस्तै दुधौली नगरपालिका १२ जिनाखुमा पहिरोे कुखुराको फर्म बगाएको छ । पहिरोले फर्म सहित पाँच सय कुखुरा बगाएको मेयर राउतले बताउनुभयो । कमला नदि तथा खहरेमा पानीको बाहव वढी रहेकाले जोखिममा रहेका वस्तीलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको मेयर राउतले जानकारी दिनुभयो ।
यस्तै मरिण खोलाले खेती योग्य जमिन कटान गरेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बन्जनले जानकारी दिनुभयो । उहाँको अनुसार खोलाले मरिण गाउँपालिका–५ वढीमुहानमा दुई विगा खेती योग्य जमिन कटान भएको छ । यस्तै वडा नम्बर ५ कै घाटाको पन्चकन्या पोखरी समेत जोखिममा रहेको परेको छ ।
मरिण गाउँपालिका–४ को फुलबारी, वडा नम्बर २ को सखौरी लगाएतका ठाउँमा केहि खेती योग्य जमिन कटान भएको छ भने वस्तीनै वाढीको जोखिममा रहेको उहाँले बताउनुभयो । जोखिममा वस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिसकेको अध्यक्ष बन्जनले बताउनुभयो । मरिण गाउँपालिकामा वर्षाले भएको क्षत्रीको विवरण संकलन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया