जनकपुरधाममा प्रधानमन्त्री ओलीको पुतला दहन – Nagarikabhiyan : National News

जनकपुरधाममा प्रधानमन्त्री ओलीको पुतला दहन

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै जनकपुरधाममा संयुक्त विद्यार्थी संगठनले पुतला दहन गरेको छ।

प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसदलाई पुनः विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका विद्यार्थी संगठनले संयुक्तरुपमा जनकपुरधाम नगरमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुतला दहन गरेका हुन्।

विद्यार्थीहरुको प्रदर्शन जनकपुरधामको रेल्वे स्टेशन हुँदै भानु चोक, शिव चोक र जनक चोक हुँदै कोणसभामा परिणत भएको थियो।

अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियु धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतले जनकपुरधाम नगरमा संयुक्त प्रदर्शन गरेका थिए।