कोहलपुर मेडिकल कलेजमा उपचाररत गर्भवती महिलामा कोरोना पुष्टि – Nagarikabhiyan : National News

कोहलपुर मेडिकल कलेजमा उपचाररत गर्भवती महिलामा कोरोना पुष्टि

बाँके । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आएकी एक जना गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । अछामकी चौरपाटी गाउँपालिका–५ कि २५ वर्षीय गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१८ हप्ताको गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो ।

अहिले संक्रमितको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालका डा. दिनेश श्रेष्ठले बताए ।

डा. श्रेष्ठका अनुसार गर्भवती महिलाको आन्द्राको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । यसका लागि अस्पतालले तयारी गरिएको उनले बताए ।

अस्पताललाई डिइन्फेक्सन गर्न आज इमर्जेन्सी र ओपीडी सेवा बन्द गराएको छ भने भर्ना भएका विरामीलाई भने नियमित सेवा दिइरहेको उनले बताए ।

बुधबारबाट अस्पताल पुनः नियमित रुपमा सुचारु हुने श्रेष्ठले बताए ।

उनी १५ दिनअघि भारतको मुम्बईबाट आएको बुझिएको छ ।