सर्वाेच्चमा बहसः देउवालाई प्रधानमन्त्री नियुक्त नगर्न राष्ट्रपतिको नै बदनियत देखियो
१३ असार २०७८, आईतवार १२:५८
काठमाडौँ । सर्वाेच्चमा चलिरहेको बहसको क्रममा वरिष्ठ अधिवक्ता सविता भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत लिन सक्ने आधार भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियत राखेको तर्क गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उहाँले १४९ जना प्रतिनिधि सभा सदस्यको समर्थन लिएर गएका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुमा राष्ट्रपतिको बदनियत रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले पहिला ७६ (१) अनुसारको पिएम हुँदा विघटन गर्नुभयो । पुनःस्थापनापछि पनि दुई वा दुईभन्दा बढी दल मिलेर अर्को सरकार बनाउन नसक्दा ओली फेरि ३ अनुसार पिएम हुनुभयो । उहाँले विश्वासको मत नलिएर मार्ग प्रशस्त गर्नुभयो, राष्ट्रपतिले शेर बहादुर देउवालाई नियुक्त नगरेर बदनियत राख्नुभएको छ । १४९ जनाको हस्ताक्षर सहित जाँदा उहाँले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्थ्यो ।’
धारा ७६ (४) अनुसार विश्वासको मत पाउने सम्भावना नभएको र अधिकार नभएको अवस्थामा प्रधानमन्त्री ओलीले एमाले र जसपाको सर्मथन रहेको दाबी गरेकाले उनको त्यो दाबी खारेज गर्नुपर्ने उहाँको तर्कछ ।ज्योतिन्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया