एसपीको चौध महिने कार्यकालमा १८ कठ्ठा जग्गा
१२ असार २०७८, शनिबार १७:३५
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा चौध महिना अघि सरुवा भई आएका एसपी कमल थापाको कार्यकालमा प्रहरी संगठनका लागि आवश्यक पर्ने चौकी भवन निर्माणका लागि १८ कठ्ठा जग्गा प्राप्त भएको छ ।
एसपी थापाको पहलमा स्थानीय जग्गादाताहरुबाट १८ कठ्ठा १० धुर जग्गा प्रहरीको नाउँमा प्राप्त भएको हो । प्रहरीमा आवयश्क पर्ने भवन तथा चौकी निर्माणका लागि इलाका प्रहरी कार्यालय रामधुनीका लागि ५ कठ्ठा १० धुर, वडा प्रहरी कार्यालय रामधुनीका लागि ६ कठ्ठा, प्रहरी चौकरी रामधुनीका लागि ३ कठ्ठा, इलाका प्रहरी कार्यालय सितागंजका लागि १ कठ्ठा र अस्थायी प्रहरी चौकी तनमुनाका लागि ३ कठ्ठा गरी कुल १८ कठ्ठा १० धुर जग्गा प्राप्त भएको जनाएको छ ।
एसपी थापाको सरुवा भए पछि जानु अघि पत्रकार सम्मेलन गरी आफ्नो १४ महिने कार्यकालको प्राप्त उपलब्धिहरु सार्वजनिक गरेका छन् । एसपी थापाले आफ्नो कार्यकालमा गत वैशाख देखि यस वर्षको जेष्ठ मसान्त सम्ममा राजस्व चुहावट नियन्त्रण तर्फ ३२ जनालाई पक्राउ गर्नुका साथै ३ करौड ५१ लाख १३ हजार ३ सय ४६ रुपैयाँ बराबरको सामान भन्सारमा बुझाएको हो ।
गत आर्थिक वर्षमा बुझाएको राजस्व भन्दा दोब्बरले एसपी थापाको कार्यकालमा राजस्व चुहावट सामान नियन्त्रण गरेको उपलब्धिको उल्लेख गरिएको छ । प्रहरीले भौतिक पूर्वाधार निर्माण तर्फ ९ वटा आधुनिक भवनहरु निर्माण कार्य सम्पन्न भई संचालनका लागि पूर्ण तयारीमा रहेको जनाइएको छ । एसपी थापाले आफ्नै कार्यकालमा सरकारको निति अनुसारकोको विनियोजित बजेटमा भवन निर्माण कार्य सम्पन्न गरेको जानकारी दिनुभयो ।
उक्त सार्वजनिक कार्यक्रममा प्रहरी डिएसपी नगेन्द्र कुमार कार्की, इन्स्पेक्टरहरुमा सुभाष भट्टराई, जयदेव माझी, मिना देवि राई, नवराज खडका, विशाल लिम्बु विभिन्न संचार क्षेत्र संग आवद्ध संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया