नेपाल कोरोना अपडेटः ३१४ जना संक्रमित थपिए, संक्रमितको सँख्या ३,७६२ पुग्यो – Nagarikabhiyan : National News

नेपाल कोरोना अपडेटः ३१४ जना संक्रमित थपिए, संक्रमितको सँख्या ३,७६२ पुग्यो

काठमाडौं । देशमा थप ३१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ३१४ संक्रमित २४ घण्टामा थपिएका हुन्।

योसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन्।