दायित्व पूरा नगर्ने राष्ट्रपतिलाई महाअभियोग लगाउन सकिन्छ
११ असार २०७८, शुक्रबार १५:०५
काठमाडौं । अधिवक्ता टिकाराम भट्टराईले कसैलाई पनि प्रधानमन्त्री नियुक्त गर्दिनँ भन्ने अधिकार राष्ट्रपतिलाई नरहेको बताएका छन्। भट्टराईले राष्ट्रपतिबाट भएका कामकारवाही न्यायिक विषयभित्र पर्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइमा रिट निवेदकतर्फबाट बहस गर्दै भट्टराईले संविधानले तोकेको दायित्व निर्वाह नगर्ने पदाधिकारीलाई महाअभियोग लगाउन सकिने जिकिर गरेका छन् । उनले भने, ‘आफ्नो दायित्व पूरा नगर्ने राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ । त्येसैले उहाँले म कर्त्यव्य पूरा गर्दिन भन्न पाउनु हुन्न । यो मुद्दा उहाँले प्रधानमन्त्री नियुक्त नगरेको विषय हो, नियुक्त गर्दिन भन्न पाउनु हुन्न ।’
संविधान बनाउँदा राष्ट्रपति र प्रधानमन्त्री दुवैले हस्ताक्षर गरेको भन्दै भट्टराईले अहिले जवाफ पठाउँदा राष्ट्रपतिको काम अदालतको क्षेत्रमा पर्दैन भन्नु आफैंले हस्ताक्षर गरिएको संविधान र त्यसको मर्मविपरीत भएको तर्क गरे ।
महन्थ ठाकुर कसरी पुग्नुभयो राति ११ बजे राष्ट्रपति कार्यालयमा? राष्ट्रपतिले एकजनालाई काखा र एक जनालाई पाखा गर्न मिल्छ? के त्यो हिसावले राखिएको हो राष्टपतिको संस्था?’, भट्टराईले प्रश्न गरे।
संविधानको धारा ७६ (५) मा प्रतिनिधि सभाका सदस्यलाई वैकल्पिक सरकार गठनका लागि आह्वान गरिएकाले संविधानले नै समर्थन गर्ने अधिकार दिएको उनले बताए।अन्नपूर्ण टाइम्स

फेसबुकबाट तपाईको प्रतिक्रिया