भोक्राहा नरसिंह गापाको बजेट साढे ४९ करोड – Nagarikabhiyan : National News

भोक्राहा नरसिंह गापाको बजेट साढे ४९ करोड

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाको १० औ गाउँसभामा कार्यावाहक अध्यक्ष पुनमकुमारी मेहताले आगामी आ.व.का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै सो बारबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
मेहताले प्रस्तुत गर्नुभएको बजेट अनुसार चालु तर्फ २६ करोड ८९ लाख ४५ हजार २३९ रुपियाँ र पुजिंगत खर्च तर्फ २२ करोड ५३ लाख ४३ हजार २३७ रुपियाँ सहित ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपियाँ व्ययको ल्याएको छ ।मेहताले प्रस्तुत गर्नुभएको संचित कोष आम्दानी तर्फ प्रस्तुत गरिएको बजेटमा आम्दानी तर्फ नेपाल सरकारबाट ३९ करोड ७९ लाख ५१ हजार , प्रदेश सरकारबाट २ करोड ४६ लाख १० हजार ३ सय ४० , करुण फाउन्डेसनबाट १ करोड १८ लाख ५९ हजार आन्तरीक श्रोतबाट ६ करोड ९५ लाख ९ हजार ७ सय ३३ र पिएलजी एसपीको ३ लाख ५८ हजार ४ सय ३ गरी ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको हो ।
बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सार्वजानिक गरेको कार्यवाहक अध्यक्ष मेहताले बताउनुभयो ।
मेहताले गाउँक्षेत्रको विकासका लागि विद्यालय शिक्षामा गुणस्तरीयता देखी स्वास्थ्य संस्थाहरुको स्तरोन्ती सम्मको बजेट प्रस्तुत गुर्नभएको छ ।
प्रत्येक वडामा संचालन खर्च ८ सहित १ देखी ८ नं. वडा सम्म वडा कार्यालयको भवन निर्माण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कृषि तर्फ विभिन्न कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्यको स्वयंसेविकाहरुलाई अवलोकण भर्मण सहित औषधि खरिद गर्न ४० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी शिक्षा तर्फ कार्यक्रम खर्च गर्न मात्रै १९ शिर्षकमा ३६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले क्षमता विकासका लागि अभिमुखिकरण तालिम गोष्ठि सहितका कार्यक्रम समेत गर्ने गरी बजेट विनियोजन गरिएको छ ।
बहुवर्षिय योजना अन्तरगत चालु आर्थिक वर्षको सम्झौता भई भुक्तानी हुन बाँकी रहेको १४ करोड ८ लाख ४३ हजार २ सय ३७ रुपैयाँ उल्लेख गरिएको छ ।
गाउँपालिकामा शसर्त तर्फको कार्यक्रमका लागि रोजगार प्रवद्र्धन कार्यक्रम तर्फ २१ लाख , दलित घर पहिचान तथा परिचय पत्र वितरण कार्यक्रममा १९ लाख सबैका लागि शिक्षा अधारभुत तहमा ५ करोड २५ लाख , माध्यमिक तह तर्फ ४७ लाख विनियोजन गरिएको छ ।
त्यसैगरी युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४८ लाख , राष्टिय परिचय पत्र तथा पञ्जिकरण तर्फ १६ लाख , प्रधानमंत्री रोजगार तर्फ ४० लाख, लघु उद्यम कार्यक्रम तर्फ ३२ लाख, खेलकुद तर्फ १ लाख, प्रधानमन्त्री कृषि आधुनीकरण कार्यक्रम तर्फ ३१ लाख , कृषि विभागको ४७ लाख , पशु विभागको ४ लाख, बहु क्षेत्रिय पोषण कार्यक्रममा ८ लाख रुपैँया विनियोजन गरिएको छ ।
त्यसैगरीसर्शत तर्फ नै स्वास्थ्य व्यावस्थापन कार्यक्रममा १ लाख, आर्युुवेद सेवा कार्यक्रम तर्फ ३३ लाख लगायतका नीति तथा कार्यक्रम सम्पन्न गरेको छ ।

यता सुनसरीको हरिनगर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ५१ करोड ८६ लाख ४ सय रुपैयाँको बजेट उपाध्यक्ष रिमझिम कुमारी भगतले आगामी बजेट प्रस्तुत गरेकी छन् ।

हरिनगरा–४ स्थित बासुकी नाथ मन्दिरको सभाहलमा बिहीबार आयोजित आठौँ गाउँसभा कार्यक्रममा उपाध्यक्ष भगतले बजेट प्रस्तुत गर्दै टेबुल गरेकी हुन ।

त्यसपछि गाउँसभा तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको आदेश अनुसार कार्यपालिका सदस्य शुशिल कुमार ठाकुरले ५१ करोड ८६ लाख ४ सय रुपैयाँ बराबरको वार्षिक बजेट निती तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

हरिनगर गाउँपालीकाले आगामी आर्थिक वर्षको लागि चालु खर्चतर्फ २८ करोड ७० लाख ३९ हजार ८ सय ९० रुपैयाँ र पुजीगतखर्चतर्फ २३ करोड १५ लाख ६० हजार ५ सय १० गरी ५१ करोड ८६ लाख ४ सय बराबरको वार्षिक बजेट निती तथा कार्यक्रम
प्रस्तुत गरेको हो ।

गाउँपालिकाले कृषिको विविधीकरण,आधुनिकीकरणमा विशेष प्राथमिकता दिदैं किसानलाई उन्नत बीउविजन र रैथाने बीउ उपलब्ध गराइने तथा वास्तविक किसानको पहिचान गरी अनुदान प्रदान गर्न कार्यविधि बनाएर लागू गर्ने नीति लिएको छ ।‘एक गाउँ एक प्राविधिक’ कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याइने नीति गाउँपालिकाको छ ।

यसैगरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पालिका अस्पताल स्थापना गरी दीर्घरोग तथा अन्य रोग निदान, ल्याब र एक्सरेलगायत सेवालाई सुनिश्चिता गरिने, शैक्षिक गुणस्तर कायम गर्न विद्यालयका भौतिक पूर्वाधार, सूचना प्रविधिको प्रयोग, समुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातमा दिइने अनुदानमा वृद्धि, तथा पहिलो चरणमा माध्यामिक विद्यालयमा इ–हाजिरी लागू गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै स्थानीयवासीको आवतजावतमा सहजता ल्याउनका लागि सडक, नालामा झोलुङ्गे पुल निर्माण गरिने र प्रत्येक निर्माण तथा पूर्वाधार विकासमा विपद्जोखिम आंकलन गरी प्रकोप न्यूनीकरणका उपायलाई प्रभावकारी रुपमा कार्यान्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हरिनगर गाउँपालिकामा शहरी विकास तथा भवन निर्माण मापदण्ड स्थानीय परिवेशका आधारमा लागू गरी भवन निर्माण नक्सा पूर्वस्वीकृत गर्ने कार्यलाई कडाईका साथ लागू गरिने बाउनुभयो ।

आठौँ गाउँ सभाको पहिलो बैठकमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले पेश गर्नुभएको नीति तथा तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । कोभिडबाट पीडित तथा प्रभावित परिवारका बालबालिकाको संरक्षणको व्यवस्था गर्ने नीति लिएको छ ।

गाउँपालिकाले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने, १५ शय्याको अस्पताल सञ्चालन गर्ने, पूर्ण पोषणका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन, बाल स्वास्थ्य, परिवार स्वास्थ्य, रोग नियन्त्रणका कार्यक्रम, महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन, स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन तथा गुणस्तर सुधार गर्ने, स्वास्थ्य सूचना प्रणाली, स्वास्थ्य शिक्षा, निःशुल्क औषधि तथा व्यवस्थापन, यौन तथा एड्स रोग नियन्त्रण र कोभिड १९ को प्रतिकार्य कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

यसैगरी भौतिक पुर्वाधार विकासका लागि ग्रामीण सडक विकास, पुलपुलेसा निमार्ण, विद्युतीकरणमा जोड, कालोपत्र भएका सडकमा ढलको विकास, बस्ती व्यवस्थित गर्ने, अपाङ्ग, महिला, ज्येष्ठ नागरिक मैत्री भवन निमार्ण, भवन संहिता कार्यान्वयन, वडा कार्यालयका भवन निर्माण र एक स्थानीय तह एक नीति गाउँपालिकाको छ ।

सामाजिक विकासका लागि सबैका लागि, सधैका लागि शिक्षा नारालाई मूर्तरुप दिन बालबालिकाको पहँुच बढाउने, शैक्षिक गुणस्तर सुधार गर्न सूचना र सञ्चार प्रविधिको प्रयोगमा जोड दिने, विद्यालय अनुगमन सुपरीवेक्षणमा जोड दिने, कार्य सम्पादनमा उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरी प्रोत्साहन गर्ने नीति लिएको छ ।

लक्षित वर्गका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्ने, कुसँस्कार र कुप्रथालाई हटाउँदै असल सामाजिक चालचलनको संस्थागत विकास गर्ने, लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि उचित तथा विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाको मापदण्डमा रहेकालाई सेवामा प्रभावकारिता बढाउने, पालिकास्तरमा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले कृषि उत्पादनमा जोड, कृषि यान्त्रिकीकरण, कृषि उपज बजारीकरण तथा प्रर्वद्धन, बीउ उत्पादन, सहकारी विकास, उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माण तथा दीगो विकास, किसानलाई प्रोत्साहन, उद्यमशिलता, स्वरोजगारी, पशु विकासतर्फ छाडा पशुचौपायामा भ्याक्सिनेसन, पशुको नश्ल सुधार र पशु बिमामा जोड दिइने नीति गाउँपालिकाको छ ।

वन वाताबरण तथा विपद् व्यवस्थापनका लागि स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोग गरी प्रतिफलमा आधारित योजना सञ्चालन गर्ने, जलवायु अनुकूलन तथा भूक्षय नियन्त्रण कार्यक्रम, दमकल, एम्बुलेन्स तथा शवदाह गृह र मसानघाट निर्माण, विपद् सामग्री भण्डारण गोदाम निर्माण, वृक्षारोपण कार्यक्रम, वायोग्याँस प्लान्ट अभियानका रुपमा सञ्चालन, प्राकृतिक स्रोत उत्खनन्को नियमन एवम् वन पैदावारबाट लघु उद्यम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ ।

त्यस्तै गाउँपालिकाले सामाजिक सुरक्षा, संस्थागत विकास तथा सुशासनका लागि विद्युतीय प्रणालीबाट सेवा सञ्चालन, कर्मचारीको क्षमता विकास, समयमा कर बुझाउनेलाई कर छुटको व्यवस्था, गाउँ प्रहरीको व्यवस्था, कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था, कर्मचारीको मनोबल बढाउने कार्यक्रमलगायत सञ्चालन गरिने नीति लिएको छ ।

यसैगरी धर्म सँस्कृति र कला संरक्षण, खानेपानी तथा सरसफाइ, सूचना तथा प्रविधिमा समेत जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।