नेपाल प्रहरीका १६ डीआईजी र १५ एसएसपीको सरुवा, को कहाँ पुगे ? – Nagarikabhiyan : National News

नेपाल प्रहरीका १६ डीआईजी र १५ एसएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक डीआईजी र १५ एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गरेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ । उनी प्रदेश २ को प्रहरी प्रमुख थिए ।

यस्तै नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । जनपदतर्फका एसएसपीहरुको गृहमन्त्रीले सोमबार सरुवा गर्ने निर्णय गरेका हुन् । गृहमन्त्रीस्तरीय निर्णयअनुसार वाग्मती प्रदेश प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीलाई १ नं. प्रहरी तालिम केन्द्र विराटनगर सरुवा गरिएको छ ।

त्यस्तै, श्यामलाल ज्ञवाली प्रहरी प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियार प्रहरी प्रदेश कार्यालय वीरगंज, जनकराज पाण्डेय प्रहरी प्रदेश कार्यालय कञ्चनपुर, गोविन्दकुमार साह प्रहरी प्रदेश कार्यालय धरान र कृष्णहरि शर्मा पोखरेल प्रहरी प्रदेश कार्यालय पोखरा सरुवा भएका छन् ।

यी हुन्  सरुवा भएका डीआईजी

यी हुन्  सरुवा भएका एसएसपी