भ्रष्ट्रचारको अखडा बन्दै सुनसरीको हरिनगर गाउँपालिका,काम कम प्रचार बढी !
७ असार २०७८, सोमबार १८:३१
देवानगंज । सुनसरीको हरिनगर गाउँपालिकामा काम गर्ने कर्मचारीदेखी जनप्रतिनिधि सम्ममा बढेको कमाउ धन्दा र गैरजिम्मेबारीपनका कारणले अनियमितता बढेको स्थानीयले गुनासो गरेका छन् । सेवाग्राहीको सेवा भन्दा आफ्नै कमाउ धन्दामा लागेकाले गाउँपालिकालाई केहीले भ्रष्ट्रचारीहरुको अखडा बन्दै संज्ञा दिएका छ ।
हरिनगर गाउँपालिकाको प्रत्येक योजना देखि लिएर कर्मचारी नियूक्ती सम्ममा अनियमितता गरेको र सूचना माग्दा समेत नदिएकाले साच्चै नै भ्रष्टाचार भएको र भ्रष्टाचारीहरुले ढाकछोप गरेको भन्ने स्थानीयको कुराले पुष्टी गरेको छ । यहाँका वडादेखी पालिकासम्म निर्माणदेखी नियुक्तीसम्म समेतका कार्यमा बिना कमिसन, अतिरिक्त रकम र घुस बिनाको काम नहुनेगरेको पाइएको सेवाग्राहीको आरोप छ ।
गाउँपालिकाले संचालन गरेको योजनाहरु कमिसनकै कारण गुस्तरहिन, समयमा पुर्णता न पाउने गरेको कविलासाका समाजसेवी यूवा मोजम्मिल खाँले बताए। हरिनगर गाउँपालिकामा निर्माण भई रहेको पुल पुलेसा, बाटो घाटो लगायतका अन्य संरचनाहरुको निर्माण स्टिमेट चार्ट निर्माण स्थलमा नराख्ने , बहुवर्षिय योजनाहरु काम सुरु भएको मिति देखि सम्पन्न मिति भित्र सम्पन्न नगरि वर्षे पिच्छे बजेट थप्दै जाने तर पनि काम सम्पन्न नभएको देख्दा स्थानीयहरु आक्रोशित बनेका छन् ।
कविलासा सिकारी टोल रोड अहिले गाउँपालिका बनेको ४ वर्ष बितिसक्दा समेत बनाउन नसक्नु हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी र ७ नम्बर वडा का वडा अध्यक्ष नसिर खाँ को लापरबाही को नतिजा रहेको उनले बताए । मोजम्मिल खाँले भने हामीले समय समयमा आवाज उठायौँ तर कुनै सुनुवाइ भएन, बाध्य भएर स्थानीय युवाहरूलाई एकीकृत गरेर बाटो बन्द गर्न मजबुर भयौँ । अब पनि कामले तिव्रता पाएन भने हामी अझै सशक्त कदम चाल्न बाध्य हुन्छौँ । ।
अध्यक्ष गफार अंसारी आफु स्वच्छ छवी भएको दाबी बिभिन्न माध्यम मार्फत गरिएता पनि स्थानीय को कुराले सबै झुटो बनाई दिएको छ। अध्यक्ष अंसारीले कर्मचारी नियुक्ति गर्दा समेत आसेपासे लाई मात्रै गरिने गरेको, गाउँपालिका बाट संचालन हुने कार्यक्रमहरू पनि आसेपासेकै संस्था वालालाई दिने गरेको समेत आरोप लागेको छ। अध्यक्ष गफार अंसारीले मञ्चमा दिएको भाषण सुन्दा र जमिनी हकिकत हेर्दा आसमान धर्तीको जति फरक देखिएको छ। यसले पनि प्रष्ट हुन्छ कि हरिनगर गाउँपालिमा काम कम र प्रचार बढी गरेको देखिन्छ ।
यता गाउँपालिका अध्यक्ष गफार अंसारी संग प्रतिकृया लिदा वहाँले भन्नु भयो कि हामीले आफ्नो काम नियम संगत तरीकालेनै गरेको प्रतिकृया दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया