विवाहको मण्डपमै बेहुलीमा भूतको आत्म चढेपछि हंगामा !
४ असार २०७८, शुक्रबार १६:१५
काठमाडौं । भारतको उत्तर प्रदेशमा बेहुलीलाई मण्डपमै छोडेर जन्तीसहित बेहुला भागेपछि हंगामा भएको छ ।
उत्तर प्रदेशको कन्नोजमा अवस्थित सिकन्दरपुरको जगतपुर गाउँमा बुधवार राति यस्तो घटना भएको हो । जन्तीसहित बेहुलीको घरमा पुगेको बेहुला पक्ष जन्तीसहित फर्किएका हुन् । बेहुलाका आफन्तहरुले बेहुलीमा भूतको आत्म चढेको आरोप लगाएका छन् । तर बेहुली पक्षले भने दाइजोको कुरा नमिलेपछि दुलाह पक्ष फर्किएको दाबी गरेको छ । बेहुली नलिइ जन्तीसहित बेहुला पक्ष फर्किएपछि बेहुलीका बाबुले प्रहरीमा उजुरी दिएका छन् ।
बेहुली शिवानीका बाबुले दाइजोका सम्बन्धमा पहिले नै सहमति भए पनि विवाहको दिन फेरि थप दाइजो मागेको दाबी गरे । अतिरिक्त दाइजो दिन नसकिने बताएपछि बेहुला पक्ष फर्किएको उनले बताए । उनका अनुसार दाइजोमा टिभी,फ्रिज,कुलर,दराज,बाइक र पलंग आदि व्यवस्था गरिएको थियो । तर विवाहको दिन बेहुला पक्षले अतिरिक्त ५० हजार रुपैयाँ नगद समेत मागेको उनले बताए ।
प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ ।
जनता समाचार बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया