समूहद्धारा श्रीलंका टाप्पुको अनुगमन – Nagarikabhiyan : National News

समूहद्धारा श्रीलंका टाप्पुको अनुगमन

 

सुनसरी
२०७८ असार २ गते । सुनसरी जिल्लाको सबै भन्दा दुर्गम क्षेत्र बराहक्षेत्र नगरपालिका ६ र ९ नम्बर वडामा पर्ने श्रीलंकाटाप्पुको अवस्थाको बारेमा जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समूह सुनसरीले अनुगमन गरेको छ । कोरोना कहरको दोस्रो भेरियन्टको टाप्पुका नागरिकमा परेको असर, सथनीयको अवस्था र कोरोन संक्रमित भई उपचार गराएर फर्किएकाहरु र उनीहरुलाई राखेको आईसोलेसन केन्द्रको समेत समूहले अनुगमन गरेको हो । समूहले टाप्पुको नागरिकको गुनासो सुन्ने, कोरोनाबाट बच्न सचेतना जगाउने, मास्क र सेनिटाईजर वितरण गर्ने र कारोना संक्रमित तथा संक्रमित परिवार तथा पीडितको अधिकार रक्षाको वकालत गर्दै टाप्पुको अनुगनम गरिएको छ । समूहले गरेको अनुमगनको क्रममा प्रसुति गृह सहितको स्वास्थ्य संस्था संचालन गर्नुपर्ने, श्रिलंकाटाप्पुमा कम्तिमा माविसम्मको विधालय संचालन गर्नुपर्ने, टाप्पुमै प्रसुति सेवा सहितको स्वास्थ्य चौकीमा स्तोरोन्ती गर्नुपर्ने, लालभिति तिर चारचक्के गाडि कुदने बाटो निर्माण र पुल बनाउनुपर्ने, युवा स्वरोजगारका लागि पशु पालनलाई प्रोत्सहान गर्नुपर्ने, श्रीलांका टाप्पुमा एउटा सार्वजनिक ऐम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, निशुल्क शैक्षिक सामग्रि, पाठ्य सामग्री र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय शिक्षा तर्फ आकर्षित गर्न निशुल्क पोशाकको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको ठहर गरेको छ । समूहले नागरिकहरुको सवाललाई नगरपालिका र वडा कार्यालयलाई ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेको संयोजक मेघराज न्यौपानले जानकारी दिनुभयो । कोभिड १९ को सावलमा गरिएको अनुगमनमा ठाप्पु भरीको दुई वटा वडामा ६ जना कोरोना संक्रमित रहेकोमा उनीहरुलाई अस्थायी आधारभुत स्वास्थ्य केन्द्रको समन्वयमा उपचार गराएको र पीसिआर परीक्षण पनि गराएको र कोरोनाको त्यसतो ठूलो असर नरहेको केन्द्रका इन्चार्ज हेल्थअस्टिेन पाण्डव चन्द्रबन्शीले बताउनुभयो । कोभिडको असर ठाप्पुमा पनि परेको पाईयो । आफ्नै गाउँपालिका र वडाको सेवा लिन प्रकाशपुर र चक्रघट्टी आउनका लागि कोशीमा संचालनमा रहेको नाउँ (डुगां) बन्दाबँन्दीले बन्द भएकाले आउजाउ गर्न समस्या भएको र खाध्यान पनि उद्यपुर र सप्तरीको बजारबाट ल्याउन बाध्य भएको गुनासो टाप्पुबासीले अनुगमन समूहलाई सुनाएका थिए ।
समूहलाई स्थानीयले कोरोनाको सवाल सहित स्वास्थ्य , शिक्षा, स्वरोजगार, कृषि, पशु, खानेपानी, भौतिक निर्माण बाटोघाटो र टाप्पुमा पर्यटन विकासका लागि रिसोर्ट निर्माणसम्मको कार्य आवश्यक रहेको सुनाएका थिए । स्थानीयले विगतको भन्दा केही विकास भएपनि शिक्षाका लागि माविसम्मको पढाई र प्रसुति गृह सहितको स्वास्थ्य चौकी सबै भन्दा धेरै माग उठाएका थिए ।
स्थानीय रामविलास चन्द्रवशींले कोशीको पश्चिम तर्फ बढेको कटान नियन्त्रण तत्काल ध्यान दिनुपर्ने, टाप्पुमा अर्ना, हाती, वदेंलको आतंक रहेकाले त्यसको नियन्त्रणका लागि सोलार फेन्सी सहित सुरक्षाको आवश्यक देखिएको समूहलाई सुनाउदै सम्बोधनमा पहलका लागि आग्रह गरेको थियो । कोरोनाबाट बच्ने उपायका बारेमा सचेतनामुलक अभियान समेत गर्दै आएकोमा समूहले वीकट ठाउँ टाप्पुको अनुमगन गरेको हो । समूहले श्रीलंकाटाप्पुको प्रकाशपुर र महेन्द्रनगरका नागरिकलाई प्रत्यक्ष रुपमा भेटघाट, शिक्षा र स्ंवास्थ्य संस्थामा अनुमगन गरिएको संयोजक मेघराज न्यौपानेले जानकारी दिनुभयो । अनुगमनका क्रममा सरोकारबालाहरु सहित स्वास्थ्य संस्थामा औषधी तत्काल आभाव नभएपनि माग अनुसारको औषधी स्वास्थ्यकर्मीले वितरण गर्न नसकेको गुनासो पाइएको थियो । समूहले दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका सहित १२ वटै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा अनुगमनको क्रममा टाप्पुमा पनि अनुगमन गरेको जनाएको छ ।
समूहले बराहक्षेत्र नगरपालिकाको १ देखी ११ नम्बर वडासम्मका प्रत्येक वडाका नागरिक सरोकारबालाहरुसंग निषेधाज्ञाको अवस्था, त्यसको असर र आईसोलेसनमा बसेको शिलसिलामा भोगेको भोगाईको बारेमा अध्ययन गरेको हो । न्यौपानेका अनुसार समूहले कोरानाको असर मानव सहित श्रीलंकाटाप्पु बस्तीमा रहेका समुदायको शिक्षा, स्वास्थ्य, खाध्य, रोजगार, जनजिवनको बारेमा जानकारी सहितको अध्ययन गर्ने र सम्बन्धीत निकायलाई ध्यानाक्रर्षण गराउने काम गरेको हों । सोही क्रममा समूहले गरेको अनुगमन, संक्रमित, संक्रमितका परिवार र स्थानीय सरोकारबालाहरु तथा सरकारी निकायका सेवाग्राहीहरुसंगको प्रत्येक्ष भेटघाट, अन्तरवार्ता लिने क्रममा प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा, सूचना शाखा सहित विभिन्न शाखा तथा निकायहरु, आईसोलेसन, होम आईसोलेसन सहित महिला तथा किसोरी समूहका सदस्यहरुको स्थिती बारेमा जानकारी लिएको सदस्य तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उषकिरण घिमिरे भट्टराईले बताउनुभयो । जनप्रतिनिधि समेतको सहभागितामा अवकोलन, अध्ययन र अनुगमन गरिएको र कोभिड १९ को सवालहरुको सम्बोधन गर्न आवश्यक रहेकाले सरोकारबाला निकायलाई आग्रह समेत गरिएको भट्ुटराईले बताउनुभयो । अनुगमनमा समूहका जिल्ला संयोजक मेघराज न्यौपाने, सदस्यहरु सरिता कार्की घिमिरे, उषकिरण घिमिरे भट्टराई, रविन घिमिरे, नईम अंसारी र इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादव सहितको सहभागिता रहेको थियो ।
जयकृष्ण यादव । सुनसरी