भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६१३८ संक्रमितको मृत्यु, संक्रमितको संख्या एक लाखभन्दा कम
२७ जेष्ठ २०७८, बिहीबार ०९:५३
काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ । भारतमा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो । भारतमा हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।
दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा आज पनि संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ९३ हजार ८९६ जनामा संक्रमण भएको छ । भारतमा हाल ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया